arin enterprises

दुई डोज लिएका बालबालिकाहरुलाई बुस्टर डोज लगाईंदै

SamacharDesk | २०७९ जेठ २७, शुक्रबार

कोरोनाविरुद्धको बुस्टर डोज आज १२ देखि १७ वर्षसम्मका बालबालिकाहरुलाई लगाईंदैछ ।

दुई डोजको खोप लिइएसकेका उक्त उमेर समुहका बालबालिकाहरुलाई बुस्टर डोज लगाउन थालिएको हो । सरकारले पहिलो तथा दोस्रो डोजमा मोडर्ना तथा फाइजर खोप दिएको थियो ।

बुस्टर डोजमा पनि त्यही दुई प्रकारको खोप दिइने छ । बुस्टरमा फाइजर खोप लगाउँदा ०.३ एमएल र मोर्डना खोप बुस्टरको रुपमा दिँदा ०.२५ एमएल दिनुपर्ने हुन्छ ।

बुस्टर डोज लगाउन दोस्रो मात्रा लगाएको तीन महिना पुग्नुपर्ने परिवार कल्याण महाशाखा अन्तगर्तको बालस्वास्थ्य तथा खोप शाखाले जनाएको छ । यसैबीच मन्त्रालयले ५ देखि ११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि फाइजर खोप दिने तयारी गरिरहेको छ ।

देशभरका विद्यालयहरुमा खोप केन्द्र तोकेर दुई चरणमा गरी ४९ लाख बालबालिकालाई खोप दिन लागिएको हो । सुरुमा २७ वटा जिल्लामा खोप अभियान संचालन गरिने छ । त्यसपछि बाँकी रहेका ५० जिल्लामा खोप अभियान संचालन गरिने बताईएको छ ।

Categorized in राष्ट्रिय