arin enterprises

गर्मी बढेपछि बुटवल नगरभित्रका विद्यालय दुई दिन बन्द

SamacharDesk | २०८१ बैशाख २०, बिहिबार

गर्मी अत्यधिक बढेपछि बुटवल उपमहानगरपालिकाले नगरभित्रका सबै विद्यालयमा आज र भोलि दुई दिन बिदा दिएको छ ।

नगरपालिकाले एक सूचना जारी गर्दै वैशाख २० र २१ गते नगर क्षेत्रका सबै विद्यालयमा बिदा गरेको हो ।

सूचनामा केही दिनदेखि अत्यधिक गर्मी बढ्दै जानुका साथै तातो हावा चल्न थालेको कारण विद्यार्थीको स्वास्थ्यमासमेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएको हुँदा आज र भोलि दुईदिन विद्यालयमा बिदा दिने सूचनामा उल्लेख छ ।

गर्मीले विशेषगरी तराई मधेशको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।

Categorized in राष्ट्रिय