arin enterprises

क्यानोनको अध्यारोमा पनि रंगीन भिडियो खिच्ने क्यामेरा सार्वजनीक

SamacharDesk | २०८० श्रावण २१, आइतबार

क्याननले हालै MS-500 मोडेलको नयाँ क्यामेरा सार्वजनिक गरेको छ ।अल्ट्रा हाई सेन्सिटिभिटी क्यामेराका रुपमा यसमा सिङ्गल फोटोन SPAD सेन्सर समावेश गरिएको यो क्यामेराले अँध्यारोको समयमा पनि रङ्गीन भिडिओ खिच्ने कम्पनीको दाबी छ ।

१ इन्च र ३.२ मेगापिक्सेलको सेन्सर जडित यस क्यामेराले ०.००१ लक्स (0.001 lux) प्रकाशको एकाइ हुँदा पनि क्यामेराले गुणस्तर फोटो तथा भिडियो खिच्न सक्ने  क्यानोनले जनाएको हो ।।

कम्पनीले यो क्यामेरा अधिक सुरक्षा चाहिने ठाउँहरु जस्तै सार्वजनिक भवन, अन्तर्राष्ट्रिय सीमातिर बढी उपयोगी हुने जनाइएको छ ।

कम्पनीले क्यामेरामा आफ्नै अर्को क्यामेरा बी–४ को माउन्ट (industry-standard B4 bayonet lens mount) प्रयोग गरेको छ जसको मद्दतले यस क्यामेरामा ब्रोडकास्ट जुम लेन्सहरू पनि प्रयोग गर्न सकिने छ ।

यसमा क्याननकै अल्ट्रा टेलिफोटो ब्रोडकास्ट लेन्स प्रयोग गरी रातको समयमा केही माइल परको भिडिओ पनि गुणस्तरीय खिच्न सक्ने बताएको छ ।

यसरी निकै टाढाको वस्तुको फोटो तथा भिडिओ खिच्दा गुणस्तरीय बनाउन विशेष खालको पिक्चर प्रोफाइल प्रयोग गरिएको क्याननले उल्लेख गरे ।

क्यानोनका अनुसार क्यामेरामा फोटो काउन्टिङ भनिने प्रविधि प्रयोग गरिएको छ । जसले पिक्सेलमा प्रवेश गर्ने प्रकाशलाई ट्र्याक गरी तिनीहरुलाई दशलाख पटक म्याग्निफाइज गरी डिजिटल सिग्नलमा रुपान्तरण गर्छ ।

यस प्रविधिले प्रत्येक फोटोनको गणना गर्ने हुँदा फोटो तथा भिडियोमा देखिने कुनै पनि प्रकारको ‘नोइज’ हट्छ ।

यो क्यामेरा २०२३ को सेप्टेम्बरदेखि विश्वबजारमा उपलब्ध हुने बताइएको छ । जसको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग २५ हजार २ सय अमेरिकी डलर हुनेछ ।

Categorized in विज्ञान-प्रविधी