श्रीलंकामा भएको कार रेसमा ७ को मृत्यु
SamacharDesk | २०८१ बैशाख १०, सोमबार

श्रीलंकाको दियातलावा शहरमा सेनाले आयोजना गरिएको मोटर रेसका क्रममा एउटा कार ट्रयाकबाट बाहिर जाँदा सात जनाको मृत्यु भएको छ ।
कार ट्रयाकभन्दा बाहिर उछिटिएर दर्शकमाझ दुर्घटना भएको थियो । दुर्घटनामा ५ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।
कार रेस हेर्न करिब १ लाखको संख्यामा दर्शकहरु जम्मा भएका थिए । दुर्घटनामा ८ बर्षिया बालिका सहित मोटर रेसका अधिकारी र दर्शकहरु रहेका छन् ।
दुर्घटनामा परी १८ जना घाइते भएका छन् जसमा तीन जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।
दुर्घटना लगत्तै दर्शकदीर्घा माझ भागदौड मच्चिएको थियो । घटना लगत्तै रेस कार्यक्रम स्थगीत गरिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय