arin enterprises

‘कार्टुन्ज क्रु’ ले ‘स्वस्थानी भर्सेस ग्याङ’ वेबसिरिज ल्याउँदै

SamacharDesk | २०८० फाल्गुण १३, आइतबार

डान्सिङ समूह द कार्टुन्ज क्रु ले वेब सिरिज ‘स्वस्थानी भर्सेस ग्याङ’ नामक बेव सिरिज ल्याउने भएका छन् ।

वेब सिरिजको केही पोस्टर सार्वजनिक गर्दै समूहले वैशाख १ गतेदेखि स्ट्रिमिङ हुने जानकारी दिएका हुन् । यसअघि रूचाइएका ‘हाम्रो हाइस्कुल’, ‘ट्वेन्टीफस्ट लभ’ र ‘यु एण्ड आई’ पछि प्रोफाइल पिक्चर्सले ‘कार्टुन्ज क्रु’ सँगको सहकार्यमा यो सिरिज ल्याउन लागेको हो ।

एउटा मोबाइल वरपर केन्द्रित कथावस्तुमा बनेको सिरिजको १० एपिसोडको हुनेछ । यो सिरिजको कथा, पटकथा र निर्देशन सरिन पोखरेलको छ।

सरोज अधिकारी र सागर खनाल निर्माता रहेको सिरिजमा विजय अधिकार (बन्नी) कार्यकारी निर्माता छन् ।

सिरिजको शीर्ष भूमिका स्वस्थानीमा आश्मा विश्वकर्माले अभिनय गरेकी छिन् । उनीसँगै सिरिजमासरोज अधिकारी, जिवेश गुरुङ, लक्ष्मी गिरी, विजय अधिकारी, संगिता बस्याल, अस्मिता खनाल, अभिप्सा खनाल, संयोग गुरागाईं, रोशनी कार्की, निकोलस अर्याल, सोनिया लामालगायत कलाकारको अभिनय छ ।

संकल भुजेलले छायांकन गरेको वेब सिरिजलाई सागर खनालले सम्पादन गरेका छन् । यो सिरिज कार्टुन्ज क्रुको युट्युब च्यानलमा स्ट्रिमिङ हुनेछ । 

Categorized in पेजथ्री