काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत
SamacharDesk | २०८१ श्रावण १७, बिहिबार

काभा वुमन्स नेसन्स भलिबल लिगमा नेपालले विजयी सुरुआत गरेको छ।
बिहीबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको हो।
श्रीलङ्कामाथि सहज जित निकाल्ने क्रममा नेपालले २५–१९, २५–१८, २५–१९ को जित निकालेको थियो । पहिलो जितसँगै नेपालले तीन अङ्क बनाएको छ ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, इरान, श्रीलङ्का र मालदिभ्स गरी पाँच देशको सहभागिता रहेको छ । नेपालका तर्फबाट सुमित्रा रेग्मी र आरती सुवेदीले डेब्यू गरेका थिए।
नेपालले दोस्रो खेल साउन १८ गते भारतसँग र तेस्रो खेल साउन १९ गते इरानसँग खेल्ने छ । त्यस्तै लिग चरणको अन्तिम खेल साउन २० गते माल्दिभ्ससँग खेल्नेछ । लिग चरणपछि शीर्ष चारमा रहने टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
फाइनल र तेस्रो स्थानको खेल साउन २३ गते हुनेछ। नेपाल भलिबल सङ्घले पहिलो पटक काभा महिला नेसन्स लिग आयोजना गरेको हो ।
नेपाल यस प्रतियोगिताको साबिक विजेता हो । नेपालले महिलातर्फ सन् २०२३ को उपाधि जितेको थियो ।
Categorized in स्पाेर्ट्स