काभा वुमन्स नेसन्स लिगमा भारतमाथि नेपालको ऐतिहासिक जित
SamacharDesk | २०८१ श्रावण १९, शनिबार

भारतलाई हराउँदै नेपालले काभा वुमन्स नेसन्स लिगमा ऐतिहासिक जित हासिल गरेको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा ३–२ को सेटमा जित निकालेको हो । निकै रोमाञ्चकपूर्ण खेलमा नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५–१३ ले हरायो ।
भारत नेपालको बलियो प्रतिद्वन्द्वीको रुपमा लिइन्छ । भारतलाई ५ वर्षपछि हराउन सफल भएको छ । यसअघि २०१९ सालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा १ सेटले पराजित गरेको थियो ।
आज भएको खेलमा नेपालले पहिलो सेटमा १२–६ को अग्रता लिदै शानदार सुरुवात गर्यो । तर भारतले पुनरागमन गर्दै ११–१३ गर्दै अग्रता अंक २ मा घटाएपछि नेपालले पहिलो टाइम आउट लिएको थियो ।
अग्रतालाई निरन्तर्ता दिदै २२–१८ मा पुर्याएपछि पहिलो सेटमा जित पक्का जस्तै बनेको थियो । नेपालले पहिलो सेट २५–१८ ले सहजै जितेको थियो ।
काभा वुमन्स लिगमा प्रतियोगितामा नेपालसहित भारत, इरान, माल्दिभ्स र श्रीलंका सहभागी छन् । शीर्ष चार टोली सेमिफाइनल खेल्नेछन् ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा हराएको थियो ।
भारतले पहिलो खेलमा इरानलाई ३–१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराएको थियो ।
Categorized in स्पाेर्ट्स