arin enterprises

काभा महिला भलिबल फाइनलमा नेपाल–भारत भिड्ने

SamacharDesk | २०८१ श्रावण २२, मंगलबार

नेपाल काभा महिला भलिबल लिगको फाइनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा इरानलाई सोझो ३ सेटमा पराजित गर्दै नेपाल फाइनल पुगेको हो ।

यसअघि भएको खेलमा श्रीलंकलाई हराउँदै भारत पनि फाइनलमा पुगेको छ । अब बुधबार भोलि हुने फाइनलमा नेपालले भारतको सामना गर्नेछन् । राउन्ड रोविन लिगमा इरानले नेपाललाई ३-२ सेटले पराजित गरेको थियो ।

नेपालले त्यसको बदला लिँदै फाइनल यात्रा तय गरेको हो । नेपालले आजको खेल २५–२१, २८–२६, २५–२० ले खेल आफ्नो पक्षमा पारेको हो ।

आजै भएको पहिलो सेमिफाइनलमा पनि भारतले श्रीलंकालाई ३–० कै सोझो सेटमा हराउँदै फाइनल यात्रा पक्का गरेको थियो । भारतले २५–१५, २५–१६ र २५–२३ ले नतिजा आफ्नो पक्षमा पारेको थियो ।

सुरुआती दुई सेट सहजै आफ्नो पक्षमा पारेको भारतले तेस्रो सेटमा भने केही संघर्ष गर्नुपरेको थियो ।

लिग चरणमा नेपालले भारतलाई ३–२ को सेटमा हराएको थियो । महिला भलिबलमा नेपालले भारतलाई हराएको यो पहिलो पटक हो ।

Categorized in स्पाेर्ट्स