arin enterprises

विश्व नेवाः दिवसमा आमाकी 'आमा' सम्मानित हुने

SamacharDesk – बिराज राजोपाध्याय | २०७९ चैत्र १०, शुक्रबार

यस वर्षको विश्व नेवाः दिवसको अवसरमा नेपालको पहिलो चलचित्र ‘आमा’मा आमाको भूमिका निभाउने अभिनेत्री चैत्यदेवी सिंह सम्मानित हुने भएको छ ।

वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरले बिहिबार पत्रकार सम्मेलनमार्फत आउँदो चैत्र ११ गते शनिबार दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी सिंहलाई सम्मान गर्न लागेको जानकारी दिएको हो ।

विश्वका विभिन्न कुनामा बसोबास गरिरहेका नेवाः समुदायको छाता संगठन वर्ल्ड नेवाः अर्गनाइजेसनले हरेक वर्ष मार्चको अन्तिम शनिबारको दिन विश्व नेवाः दिवस मनाउँदै आएको छ । यसै सन्दर्भमा यस वर्ष आउँदो चैत्र ११ गते शनिबारको दिन छैथौं विश्व नेवाः दिवस मनाउन लागिएको हो ।

नेपालमा दिवस मनाउने क्रममा अर्गनाइजेसनको नेपाल च्याप्टरले काठमाडौंका बसन्तपुरमा छैठौं विश्व नेवाः दिवसको समारोह आयोजना गदैछ ।

समारोहमा प्रमुख अतिथिको ?पमा प्रधानमन्त्री पुष्पकमल दाहाल उपस्थित हुने आयोजक संस्थाले जनाएको छ ।

सो समारोहमा अभिनेत्री सिंहलगायत विभिन्न व्यक्तित्वह?लाई पनि सम्मान गर्न लागिएको नेपाल च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठले जानकारी दिए ।

कार्यक्रम संयोजक रमेश मुनिकार र च्याप्टरका अध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठबाट जारी वक्तव्यमा जनाए अनुसार यस वर्ष समारोहमा पूर्व न्यायाधीश कल्याण श्रेष्ठ, पूर्व डिआइजिपि सिंह बहादुर श्रेष्ठ, समाजसेवी र साहित्यकार सुवर्णकेशरी चित्रकार सम्मानित हुँदैछन् ।

त्यस्तै संस्कृतिविद् प्रा.डा. त्रिरत्न मानन्धर, हस्तकला कलाकार चिनकाजी ताम्रकार, उद्योग व्यवसायी ?पज्योति कंसाकार, फोटो पत्रकार नातिकाजी महर्जन, गणितज्ञ व ज्योतिष देवनारायण महर्जनलाई पनि सम्मान गर्न लागिएको छ ।

अन्तर्राष्ट्रिय महिला रेसलर मुना श्रेष्ठ, पर्यटन व्यवसायीको साथै सकारात्मक सोचका अगुवाः कर्ण शाक्य, साहित्यकार मथुरा सायमि, पूर्व राजदूत केदार भक्त माथेमा र कास्की नेवाः खलःलाई पनि विशेष सम्मान प्रदान गरिँदैछ ।

साथमा वरिष्ठ गायक स्वर्गीय रमेश ताम्राकारको नाममा स्थापित रमेश ताम्राकार संगीत पुरस्कार चर्चित गायक प्रवेशमान शाक्यलाई प्रदान गरिने भएको छ ।

यसैगरी नेपालभाषाको साथै नेपाली साहित्य क्षेत्रमा चर्चित साहित्यकार जनकवि दुर्गालाल श्रेष्ठलाई पनि विशेष सम्मानबाट सम्मान गरिँदैछ

 

Categorized in पेजथ्री