युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि रियाल मड्रिडले जित्यो
SamacharDesk | २०८१ जेठ २०, आइतबार

युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि स्पेनको रियाल मड्रिडले जितेको छ ।
इंग्ल्याण्डको लन्डनस्थित वेम्बले रंगशालममा गएराति भएको फाइनल खेलमा जर्मनीको बोरुसिया डर्टमण्डलाई २–० ले हराउँदै रियाल मड्रिडले उपाधि जितेको हो ।
खेलमा रियाललाई विजयी गराउन ड्यानी कार्भायल र भिनिसियस जुनियरले एक एक गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।
जितसँगै रियाल मड्रिडले कितीृमानी १५ औं पटक च्याम्पियन्स लिगको उपाधि जित्दा डर्टमण्डको भने दोस्रो पटक उपाधि जित्ने अवसर गुमेको छ ।
युरोपियन क्लब फुटबलको सर्वाधिक सफल टोली रियाल मड्रिडदे सर्वाधिक १५ पटक च्याम्पियन्स लिग जितेको छ ।
इटालीको एसि मिलानले ७ पटक उपाधि जित्दा इंग्ल्याण्डको लिभरपुल र जर्मनीको बायर्न म्युनिखले समान ६ पटक उपाधि उचालेका छन् ।
स्पेनको बार्सिलोनाले पाँच पटक उपाधि जितेको छ ।
Categorized in स्पाेर्ट्स