arin enterprises

च्याम्पियन्स लिगको क्वाटरफाइनल आजबाट

SamacharDesk – आकाश राजोपाध्याय | २०७९ चैत्र २८, मंगलबार

युएफा च्याम्पियन्स लिगको क्वाटरफाइनल खेलहरु आजबाट सुरू हुँदैछ ।

क्वाटरफाइनल पहिलो लेगको खेलमा मंगलबार पोर्चुगीज क्लब बेन्फिका विरुद्ध इटालीयान क्लब इन्टर मिलानको हुनेछ । यो खेल बेन्फीकाको मैदान एस्तादियो दा लुजमा हुनेछ ।

त्यस्तै मंगलबार राति नै हुने इंग्लीस क्लब म्यानचेस्टर सिटीले जर्मनी क्लब बायर्न म्युनिखको सामना गर्नेछ । यो खेल इंग्ल्याण्डको इथीहाद स्टेडियममा हुने छ ।

क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुनेछ ।

बुधबार राति इटालीको सन सीरोमा हुने खेलमा दुई इटालीयन क्लब एसी मिलान र नापोली भिड्दा स्पेनको सेन्टियागो बर्नब्युमा स्पेनीस क्लब रियल म्याड्रिडले इंग्लिस क्लब चेल्सीको सामना गर्नेछ ।

Categorized in स्पाेर्ट्स