महासचिव नेत्रविक्रम चन्दविरुद्ध पक्राउ पूर्जी जारी
SamacharDesk | २०७९ श्रावण १६, सोमबार

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध ललितपुर जिल्ला अदालतलले पक्राउ पूर्जी जारी गरेको छ ।
उनीसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मालगायत नेताविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ । अदालतले उनीहरूविरूद्ध हातहतियार तथा खरखजानासमेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरुद्धको अपराध, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दामा ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो ।
अदालतले उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनेको छ । उनीहरूमाथि लागेका ती मुद्दामा २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ ।
लामो समय भूमिगत राजनीतिमा सक्रिय भएका नेपाल कम्युनिष्ट पार्टी९नेकपा०का महासचिव नेत्रविक्रम चन्द ९विप्लव० र सरकारबीच २०७७ साल फागुन २१ गते भएको तीन बुँदे सहमति भएको थियो ।
तीनबुँदे सहमतिसँगै विप्लव समूहमाथि लगाएको प्रतिबन्ध हटाउन, पक्राउ परेका बन्दीको रिहाइ गर्न र उनीहरुविरुद्धका मुद्दा खारेज गर्न सरकार सहमत भएको थियो ।
सो सहमतिसँगै नेकपा र सो पार्टीका नेताहरु खुला राजनीतिमा आएका थिए ।
Categorized in राष्ट्रिय