arin enterprises

चन्द्रागिरिले शिशुको जन्मदर्ता गराउनेलाई पाँच हजार दिने

SamacharDesk – बिराज | २०८१ बैशाख ४, मंगलबार

चन्द्रागिरि नगरपालिका (चनपा) ले नवजात शिशुको जन्मदर्ता गर्ने नगरवासीलाई पाँच हजार रुपैयाँ दिने भएको छ ।

चनपाले ३५ दिन भित्रका नवजात शिशुको जन्मदर्ता गर्ने नगरवासीलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउन लागेको हो ।

चनपाका नगर प्रमुख घनश्याम गिरिले यहि आर्थिक वर्ष २०८०/०८१ देखि नवजात शिशुको जन्मदर्ता गराउने नगरवासीलाई पाँच हजार रुपैयाँको मुद्दती खाता खोलिदिने जानकारी दिए ।

‘यहि आर्थिक वर्षदेखि ३५ दिन भित्रका नवजात शिशुहरुको जन्मदर्ता गर्ने नगरवासीहरुलाई पाँच हजार रुपैयाँको मुद्दती खाता खोलिदिने भएकोले समयमै आफ्ना नवजात शिशुहरुको जन्मदर्ता गराउनुहुन सम्पूर्ण नगरवासीमा अनुरोध छ’ नगर प्रमुख गिरिले भने ।

यस सेवालाई सबै नगरवासीले निरन्तरता दिने विश्वास पनि नगर प्रमुख गिरिले व्यक्त गरेका छन् । 

Categorized in स्थानीय