चाँगु नारायण कलश यात्रा फोटो फिचर
चाँगु नारायणको कलश यात्रा सोमबार सम्पन्न भएको छ ।
पौष शुक्ल पूर्णिमाको दिनमा भक्तपुर जिल्लाको चाँगुनारायणबाट हनुमानढोकासम्म कलश यात्रा गराउने परम्पराकै निरन्तरतास्वरूप दायाँबायाँ लक्ष्मी र सरस्वतीको कलशसँगै चाँगुनारायणको कलशलाई हनुमानढाेका ल्याइएकाे हाे ।
चाँगु नारायणको कलश हनुमानढोका पुग्दा त्यहाँ माटाका भाँडाकुडाहरु फुटाउने चलन रहेको छ । माटाका भाँडाहरु फुटाउनु भनेको अशुभको संकेत र अशुभ देखेपछि नारायण भगवान चाँगु नफर्की हनुमानढोकामै बस्ने विश्वास रहेको छ ।
साेही कलशयात्राकाे फाेटाे फिचर यहाँ प्रस्तुत गरिएकाे छ ।
विस्तृत समाचार पढ्न यहाँ क्लिक गर्नुहाेला : चाँगु नारायणको कलश यात्रा सम्पन्न
