गुरु यज्ञमानपतिमा समर्पित चर्या प्रवाह सम्पन्न
SamacharDesk – शरण हरि | २०८३ जेठ १०, आइतबार
काठमाडौ/संस्कृतिविद् तथा चर्या गुरु यज्ञमानपति बज्राचार्य एकल साँझ “चर्या प्रवाह” सम्पन्न भएको छ ।
चर्या बौद्ध दर्शन तथा नृत्य क्षेत्रमा विशिष्ट योगदान पुर्याउँदै आएका चर्या गुरु बज्राचार्यलाई विशेष सम्मान गर्दै काठमाडौंमा चर्या प्रवाह कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै गुरु बज्राचार्यले आफूलाई मानिस भएर जन्मिएको अर्थ यसै कार्यक्रमबाट गहिरो रूपमा अनुभूत भएको बताए ।
‘यस्तो आध्यात्मिक तथा सांस्कृतिक कार्यक्रम अत्यन्त दुर्लभ हुन्छ । आज मैले आफ्नो जीवनको सार्थकता भएको महसुस गरेको छु ।’ बज्राचार्यले भने ।
काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले गुरु बज्राचार्यले कुनै जात, उमेर, वर्ग वा समुदायको भेदभाव नगरी सबैलाई समान रूपमा शिक्षा प्रदान गर्दै आएको बताइन् ।
‘चर्या प्रवाह’ले नेपालको अमूल्य अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा प्रवर्ध्दनमा महत्वपूर्ण योगदान पुर्याएको आयोजकहरूको भनाइ रहेको छ ।
कार्यक्रम काठमाडौं महानगरपालिका, यूनेस्को तथा काठमाडौं सिटी अफ फिल्म्सको संयुक्त आयोजनामा र नेपाः डान्स एकेडेमी, बौद्ध दर्शन अध्ययन पुचः र नेपा सांस्कृतिक पुचःको सहकार्यमा भएको हो ।
Categorized in पेजथ्री




