चेल्सीले म्यानसिटीलाई बराबरीमा रोकियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० कार्तिक २७, सोमबार

इंग्लीस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर सिटीले बराबरी खेलेका छन् । आईतबार चेल्सीले सिटीसँग ४–४ गोलको बराबरी खेलेको हो ।
स्टामफोर्ड ब्रिजमा भएको खेलमा पहिलो अग्रता सिटिले लियो । सिटिको लागि एर्लिङ हालाण्डले २५ औं पेनाल्टी मार्फत गोल गरेका थिए । चेल्सीका थियागो सिल्भाले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।
रहिम स्टर्लिङले गोल गर्दै घरेलु टोली चेल्सीलाई २–१ को अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयमा सिटीका अकान्जीले गोल गर्दै खेललाई दुई दुई गोलको बराबरीमा ल्याए ।
दोसो हाफमा सिटी पुन हालाण्डको गोलमा सिटिले अग्रता लियो । निकोलस ज्याकसनले गोल गर्दै पुन लण्डन क्लबलाई खेलमा फर्काएका थिए ।
खेल सकिन चार मिनेट अघि रोड्रीले गोल गर्दै सिटीलाई जितको नजिक पुर्याएका थिए । तर इन्जुरी समयमा सिटीकै एकेडेमीका खेलाडी पाल्मरले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
शीर्ष स्थानको सिटीको १२ खेलबाट २८ अंक छ ।
चेल्सी १६ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स