इङ्गलिस प्रिमियर लिगमा : दश खेलाडिमा सिमित चेल्सी पराजित, लिभरपुल र म्यानसिटिको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र २२, आइतबार

गयराति भएको इङ्गलिस प्रिमियर लिग अन्तरगतको खेलमा चेल्सी परमजित भएको छ ।
घरेलु मैदानमा खेलेको चेल्सीलाई वेस्ट ब्रोमले ५–२ गोलले हराएको हो ।
खेलको सुरुवातमा चेल्सीले अग्रता लियो । चेल्सीको लागि २७ औं मिनेटमा क्रिस्टियन पुलिसिकले गोल गरे ।
२९ औं मिनेटमा टियागो सिल्भाले रातो कार्ड पाएपछि चेल्सी दश खेलाडिमा सिमित हुन पुग्यो ।
वेस्ट ब्रोमका म्याथुस परेराले पहिलो हाफको इन्जुरी समयको दास्रो र चौथौ मिनेटमा गोल गर्दै ब्रोमलाई २–१को अग्रता दिलाए ।
क्यालम रविनसनले खेलको ६३औं मिनेटमा र म्बायले ६८औं मिनेटमा ब्रोमका लागि एक–एक गोल थपे ।
मेसन माउन्टले ७१ औं मिनेटमा चेल्सीका लागि दास्रो गोल गरे ।
दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा क्यालम रविनसनले ब्रोमको लागि पाचौँ र आफ्नो व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ५–२ले ब्रोमको पोल्टामा गयो ।
यो सँगै ३० खेलमा २१ अंक जोडि वेस्ट ब्रोम १९औं स्थानमा छ भने समान खेलमा ५१ अंक जोडि चेल्सी चौथौँ स्थानमा छ ।
त्यस्तै गएराति भएको अर्को खेलमा म्यानसिटिले लिचेस्टर सिटिलाई २–०ले पराजित गरेको छ ।
लिचेस्टरको घरेलु मैदानमा खेलेको खेलमा म्यानसिटिको लागि बेन्जामिन मेन्डीले ५८ औं मिनेटमा र गेब्रियल जेजुस्ले ७४औं मिनेटमा गोल गरे ।
त्यस्तै हिजो राति नै सम्पन्न अर्को खेलमा लिभरपुलले आर्सनललाई पराजित गरेको छ ।
आर्सनलको घरेलु मैदानमा खेलेको लिभरपुलले आर्सनललाई ३–० ले हराएको हो ।
लिभरपुलको जितमा डियगो जोटाले ६४ औं र ८२ औं मिनेटमा र मोहम्मद सालाहले ६८ औ मिनेटमा गोल गरेको थियो ।
यो जितसँगै ३१ खेलमा ७४अंक जोडेर म्यानसिटि अंक तालिकाको शीर्ष स्थानमा छ भने ३० खेलमा ४९ अंकले लिभरपुल पाँचौँ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स
