arin enterprises

चेल्सी च्याम्पियन्स लिगको अन्तिम आठमा

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र ५, बिहिबार

 इंग्लिस क्लब चेल्सी युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश गरेको छ ।

चेल्सीले अन्तिम १६ को खेलमा समग्रमा ३–० ले स्पेनिस क्लब एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै अन्तिम आठमा आफ्नो स्थान पक्का गरेको हो ।

पहिलो लेगमा चेल्सीले एट्लेटिकोलाई १–० ले पराजित गरेको थियो । बुधबार राति चेल्सीको घरेलु मैदान स्ट्यामफोर्ड ब्रिजमा भएको दोस्रो लेगमा चेल्सीले २–० गोलको जित निकाल्यो ।

चेल्सीका लागि हाकिम जियेचले ३४औं मिनेटमा पहिलो गोल गरे । उनलाई टिमो वर्नरले पास उपलब्ध गराएका थिए ।

खेलको ८१ औं मिनेटमा एट्लेटिकोका स्टेफन साभिकले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा सीमित बन्यो । उनले चेल्सीका एन्टोनियो रुडिगरलाई फल गरेका थिए ।

दोस्रो हाफको इन्जुरी समयको चौथो मिनेटमा चेल्सीका इमरसन पालमेरीले गोल गर्दै अग्रता दोब्बर पारे ।

Categorized in स्पाेर्ट्स