चेन्नाई सुपरकिंग्सको दोस्रो जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख ७, मंगलबार

आइपिएलमा चेन्नाई सुपरकिंग्सले दोस्रो जित हात पारेको छ ।
सोमबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ४५ रनले पराजित गर्दै चेन्नईले दोस्रो जित हात पारेको हो ।
टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले ९ विकेटको क्षतिमा १८८ रन बनाउँदै १८९ रनको लक्ष्य दिए ।
चेन्नाईका लागि फाप डु प्लेसिसले १७ बलमा ४ चौका र २ छक्का सहित ३३ रन जोड्दा अम्बाती रायदुले २७ रन जाडे ।
कप्तान महेन्द्रसिंह धोनीले १८ तथा ड्वायन ब्राभोले नटआउट २० रन बनाए ।
यता लक्ष्य पछ्याएको राजस्थानले निर्धारीत २० ओभरमा ९ विकेट गुमाउँदै १४३ रन मात्र जोड्न सक्यो ।
राजस्थानका लागि जोस बटलरले ३५ बलमा ५ चौका र २ छक्का सहित ४९ रन जोडे तर अन्य ब्याट्सम्यानहरु भने सस्तैमा आउट भए ।
बलिङमा चेन्नाइको लागि मोइन अलीले ३ विकेट लिए भने साम कुरान र रवीन्द्र जडेजाले २–२ विकेट हात पारे ।
त्यस्तै राजस्थानका चेतन सकारियाले ३ विकेट लिए भने क्रिस मोरिसले २ विकेट हात पारे ।
यो सँगै ३ खेलमा ४ अंक बटुल्दै चेन्नाई दोस्रो स्थानमा छ । समान खेलमा २ अंक सहित राजस्थान छैठौँ स्थानमा छ ।
Categorized in स्पाेर्ट्स
