arin enterprises

आउँदो श्रावण २ गते छिन्नलता गीत पुरस्कार प्रदान गरिने

SamacharDesk – बिराज | २०८१ बैशाख १३, बिहिबार

छिन्नलता गीत पुरस्कार गुठीले आउँदो श्रावण २ गतेका दिन छिन्नलता गीत पुरस्कार २०७९ र २०८० प्रदान गर्ने भएको छ ।

गुठीको साधारणसभाले विसं २०७९ र २०८० दुवै वर्षको छिन्नलता गीत पुरस्कार विभिन्न आठ महानुभावहरुलाई आउँदो श्रावण २ गते हरिशयनी एकादशीका दिन प्रदान गर्ने निर्णय गरेको हो ।

गुठीका संस्थापक तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मजयन्तीका अवसरमा आगामी हरिशयनी एकादशीका दिन साउन २ गते पुरस्कार प्रदान गर्ने गुठीले जनाएको छ ।

गुठीका अनुसार विक्रम संवत् २०८० को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ वीरेन्द्र पाठक, संगीत रचनामा चण्डी काफ्ले र गायनमा मनिला सोताङ्लाई प्रदान गरिने भएको छ ।

लोकप्रिय युवा प्रतिभा पुरस्कार भुपु पाण्डेको (पिरैपिरः झट्ट हेर्दा हजुर जिन्दगी दामी छ) सृजनालाई प्रदान गरिने लागिएको छ ।

त्यस्तै २०७९ को छिन्नलता गीत पुरस्कार गीत रचनातर्फ भूषण खरेल, संगीत रचनामा मनराजा नकर्मी र गायनमा शिव परियारलाई प्रदान गर्ने निर्णय भएको गुठीले जनाएको छ ।

सो वर्षको लोकप्रिय युवा प्रतिभा पुरस्कार मेनुका पौडेल ९परेलीमा बसुँ कि कलेजीमा बसुँ गीतको लागि० लाई प्रदान गर्ने निर्णय भएको छ ।

वि.सं. २०७९ देखि छिन्नलता गीत पुरस्कारको राशि वृद्धि गरी रु एक लाख कायम गरिएको गुठीले जनाएको छ । छिन्नलता युवा प्रतिभा पुरस्कारको राशी भने ५० हजार रुपैयाँ रहेको छ ।

Categorized in पेजथ्री
SKIP THIS buddhan jayanti 2082