arin enterprises

दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहमा कमी आएन

SamacharDesk | २०८१ आषाढ १५, शुक्रबार

दक्षिण एशियाली राष्ट्रहरुमा बाल विवाहको दरमा कमी नआएको एक अध्ययनले बताएको छ ।

दक्षिण एशियाली क्षेत्रमा बालबालिकासँग काम गरिरहेका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरुको बैठकले बाल विवाहमा कमी आउन नसकेको बताएका हुन् । उसले दक्षिण एसियाली मुलुकहरुमा बलपूर्वक बाल विवाह गराउने चलन रहेको निस्कर्ष निकालेका छन् ।

बालबालिकाको क्षेत्रमा काम गरिरहेको प्लान इन्टरनेशनलेको एशिया प्यासेफिक निर्देशक भाग्यश्री देंगलेले नेपाल, बंगलादेश र भारतमा बालिका विवाहसँग जोडिएको परम्परागत र सांस्कृतिक मान्यताले बलपूर्वक गरिने विवाहलाई नै प्रश्रय दिएको बताउनु भयो ।

सरकार तथा सामाजिक संघ संस्थाले चलाएको शैक्षिक जागरणले केही कमी आए जस्तो देखिए पनि विवाह गराउने दरमा कमी नआएको बताउनु भयो ।

बालिका विवाह रोक्न अहिले सञ्चालन गरिएको कार्यक्रमको गतिलाई बढाउन आवश्यक रहेको बताउनु भयो । बालिकाहरुमा शिक्षा र निर्णय क्षमता बलियो बनाउनसके बलपूर्वक गराइने विवाह रोक्न सकिने बताउनु भयो ।

दक्षिण एशियाली देशमा प्लान इन्टरनेशनल सेभ द चिल्ड्रेन, चाइल्ड फण्ड जापान, एसओएस चिल्ड्रेन भिलेज,वल्र्ड भिजन जस्ता संस्थाले ज्वाइनिंग फोर्स नामको समूह बनाएर काम गरिरहेका छन् ।

Categorized in राष्ट्रिय