arin enterprises

चिलीमा डढेलो लाग्दा ४६ को मृत्यु

SamacharDesk | २०८० माघ २१, आइतबार

चिलीको जंगलमा लागेको डढेलोबाट कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

चिलीको तटीय पर्यटक सहर भिना डेल मारका मेयरले बीबीसीलाई दिएको जानकारी अनुसार दुई सयभन्दा बढी बासिन्दा बेपत्ता भएको छ ।

यस्तै चिलीका राष्ट्रपति ग्याब्रियल बोरिकका अनुसार दशकौं पछिको विनाशकारी डढेलोले एक हजारभन्दा बढी घरहरु नष्ट भएको बताएका छन् ।

गृह मन्त्रालयका अनुसार देशभर ४३ हजार हेक्टरभन्दा बढी क्षेत्र आगलागीबाट प्रभावित भएको छ । आगो सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण डढेलो फैलिएको बताईएको छ ।

सामान्य भन्दा बढी तापक्रम र तेज हावाका कारण मध्य चिलीमा करिब १० लाख बासिन्दा रहेको भल्पराइसो क्षेत्रको आकाश धुँवा र खरानीले ढाकिएको छ ।

पर्यटक सहर भिना डेल मार वरपरका सबै प्रभावित क्षेत्रहरूमा उद्धार टोलीहरू पुग्न संघर्ष गरिरहेका छन् ।

Categorized in अन्तर्राष्ट्रिय