arin enterprises

माइक्रोन टेक्नोलोजीको उत्पादनमाथि चीनको प्रतिबन्ध

SamacharDesk – आकाश राजोपाध्याय | २०८० जेठ १०, बुधबार

चीनले अमेरिकी चिप कम्पनी माइक्रोन टेक्नोलोजीको उत्पादनमाथि प्रतिबन्ध लगाएको छ ।

उक्त चिपले राष्ट्रिय सुरक्षा जोखिम निम्त्याएको भन्दै चीनले माइक्रोन टेक्नोलोजीको उत्पादनमा प्रतिबन्ध लगाएको हो ।

आइतबार साइबर स्पेस एडमिनिस्ट्रेसन अफ चाइनाले जारी गरेको विज्ञप्तिम जारी गर्दै यस्तो घोषणा गरेको हो ।

विज्ञप्ति मार्फत चिपका कारण चीनको महत्वपूर्ण सूचना पूर्वाधार आपूर्ति शृङ्खलामा सुरक्षा जोखिमहरू निम्त्याउन सक्ने र चीनको राष्ट्रिय सुरक्षालाई असर गर्ने जनाएको छ ।

पछिल्लो समयमा अमेरिका र चीनको बीचमा बढिरहेको विवादबीच अमेरिकी कम्पनीमाथि चीनको यो पहिलो प्रतिबन्ध हो ।

अमेरिकाले भने चीनका धेरै उत्पादनहरूमा प्रतिबन्ध लगाइसकेको छ भने थप प्रतिबन्ध लगाउने क्रम जारी छ ।

यस विषयमा कम्पनीले भने आफ्नो उत्पादनमा जोखिम नभएको र आफूहरू चिनियाँ निकायसँग छलफल गर्न तयार रहेको बताएको छ ।

Categorized in विज्ञान-प्रविधी