arin enterprises

चिनियाँ सचिव वाङ नेपाल आउने

SamacharDesk | २०८० कार्तिक २२, बुधबार

चिनियाँ कम्युनिष्ट पार्टी तिब्बत स्वायत्त क्षेत्रका सचिव वाङ छुङछेङ आज नेपाल आउँदै हुनुहुन्छ । 

वाङ पाँचदिने भ्रमणका लागि नेपाल आउन लाग्नुभएको हो । भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता गर्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले जानकारी दिनुभएको हो ।

वाङले आजै दिउँसो उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई भेट्ने कार्यक्रम रहेको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहलसँग भोली बिहान ८ भेट गर्ने कार्यतालिका छ ।

भेटवार्ताहरु दुईपक्षीय सहयोग आदान–प्रदानका विषयमा केन्द्रित हुने बताइएको छ । भ्रमणलाई सरकारले उच्च प्राथमिकतामा राखेको जनाइएको छ ।

साथै प्रधानमन्त्रीको चीन भ्रमणको क्रममा तिब्बत क्षेत्रसँग सम्बन्धित विषयमा भएका सहमति कार्यान्वयनबारे विशेषरुपमा छलफल हुने प्रधानमन्त्री प्रचण्डका परराष्ट्र मामिला सल्लाहकार सापकोटाको भनाइ छ ।

Categorized in राष्ट्रिय