arin enterprises

चिनियाँ नागरिक अपहरण गर्ने ६ नेपाली पक्राउ

SamacharDesk | २०७९ श्रावण १९, बिहिबार

गत बुधबार लैनचौरबाट एक जना चिनियाँ नागरिकलाई अपहरण गरेको आरोपमा ६ जना नेपाली पक्राउ परेका छन् ।

अपहरणमा संलग्न ६ जनालाई जिल्ला प्रहरी परिसर, काठमाडौं र प्रहरी वृत्त दरबारमार्गको संयुक्त टोलीले पक्राउ गरेको छ ।उनीहरुले चिनियाँ नागरिकलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएर राखेको थियो ।

अपहरण गरी बन्धक बनाइएका चिनियाँको उद्दार गर्नुका साथै संलग्न भएको आरोपमा ६ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । तीन चिनियाँ नागरिकबाट ८ लाख रुपैयाँ र २७ थान मोबाइल समेत लुटिएको प्रहरीले दाबी गरेको छ ।

अपहरणमा परेका चिनियाँसँग एक करोड फिरौतीसमेत माग गरिएको प्रहरीको दावी छ ।

पक्राउ परेकाहरुविरुद्ध थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Categorized in अपराध