राणाले आरोप लगाएका व्यक्तिहरुसँग समितिले बयान लिने
SamacharDesk | २०७९ भाद्र २९, बुधबार

महाअभियोग सिफारिस समितिले निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बयानका क्रममा आरोप लगाएका सवै ब्यक्तिहरुलाई छलफल गर्ने भएको छ ।
समितिको आज बसेको वैठकमा राणाले नाम लिएका बहालवालाल कामु प्रधानन्याायधीश, न्यायाधीशलगायतलाई बोलाउने निर्णय गरेको हो ।
राणाले नाम लिएका न्यायाधीश, पूर्वन्यायाधीश, नेपाल बार, सर्वोच्च बार, वरिष्ठ अधिवक्ता र अधिवक्ताहरू सवैलाई पत्राचार गर्ने निर्णय बैठकले गरेको छ ।
उनीहरु सवैलाई भोलि समितिमा डाकेर बयान लिइने बुझिएको छ । समितिले राणालाई पुरक प्रश्नहरु सोध्ने नसोध्ने विषयमा भने कुनै निर्णय गरेको छैन ।
महाअभियोग सिफारिश समितिले बयान लिने क्रममा जबराले कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की, न्यायाधीशहरू हरिकृष्ण कार्की, मीरा खड्का, ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई र प्रकाशमानसिंह राउतको नाम लिएका थिए ।
त्यस्तै, जबराले नेपाल बार एसोसिएशनका पूर्व अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लिलामणि पौडेलको पनि नाम लिएका थिए ।
यसैगरी, वरिष्ठ अधिवक्ताहरू शम्भु थापा, रमण श्रेष्ठ, हरिहर दाहाल र अधिवक्ता ओमप्रकाश अर्याललाई पनि जबराले आरोप लगाएका थिए। जबराले आरोप लगाएका राजनीतिक दलका नेताका विषयमा भने केही निर्णय भएको छैन। जबराले दलका नेताहरूलाई पनि विभिन्न आरोप लगाएका थिए ।
सत्तारुढ गठबन्धनका ९८ सांसदले गत फागुन १ गते जबराविरुद्ध प्रतिनिधि सभामा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए। प्रस्ताव दर्तासँगै जबरा निलम्बनमा छन्।
Categorized in राजनीति