कीर्तिपुरको नगर गान बन्ने
SamacharDesk – बिराज | २०८३ जेठ २०, बुधबार
कीर्तिपुर नगरपालिकाले कीर्तिपुर नगरपालिकाको नगर गान बनाउने भएको छ ।
नगरपालिकाले सूचना जारी गर्दै इच्छुक व्यक्तिले नगर गानको लागि शब्द रचना पेश गर्न आह्वान गरेको छ ।
कीर्तिपुर नगरपालिकाको ऐतिहासिक, सांस्कृतिक, सामाजिक, भौगोलिक र मौलिक पहिचान झल्किने गरी नगर गान निर्माण गर्ने नगरपालिकाले जनाएको छ ।
इच्छुक साहित्यकार, गीतकार, स्रष्टा र सर्वसाधारण नेपाली नागरिकलाई नगरपालिकाको कार्यालय, सामाजिक विकाश शाखामा सम्पर्क गरी नगर गान पेश गर्न आह्वान गरिएको छ । रचना नेपालभाषाको अप्रकाशित हुनुपर्ने बताइएको छ ।
नगरपालिकाले जेष्ठ १९ गते मंगलबार जारी गरेको सूचनामा ७ दिनभित्र नगर गान पेश गर्न भनिएको छ ।

Categorized in स्थानीय




