प्रिमियर लिगको उपाधि सिटीले जित्यो
SamacharDesk – आकाश राजोपाध्याय | २०७९ जेठ ९, सोमबार

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । आइतबार राति भएको सिजनको अन्तिम खेलमा एस्टन भिल्ला माथि ३–२ गोलको पुनरागमन जित निकाल्दै सिटी च्याम्पियन बनेको हो ।
घरेलु मैदानमा भएको खेलमा दई गोलले पछि परीसकेको सिटीले पाँच मिनेट भित्र तिन गोल गर्दै पुनरागमण जित निकाल्न सफल भयो ।
सिटीका लागि गुन्डोआनले ७६औं मिनेटमा पहिलो गोल गरेका थिए । ७८ औं मिनेटमा रोद्रीले गोल गर्दै खेल बराबरीमा फर्काएसँगै सिटी खेलमा फर्कियो ।
८१ मिनेटमा गुन्डोआनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै सिटिलाई ३–२ को अग्रता दिलाए ।
त्यस अघि खेलको ३७ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै एस्टनलाई अग्रता दिलाए । खेलको ६९ औं मिनेटमा फिलिपे कौटिन्होले गोल गर्दा एस्टनले २–० गोलले अग्रता लिएको थियो ।
जितसँगै शीर्ष स्थानको सिटीले ३८ खेलमा ९३ अंक जोड्डै उपाधि हात पारेको छ । यो सिटिको छैटौं प्रिमियर लिगको उपाधि जितेको हो । यस्तै पेप ग्वार्डीओलाको नेतृत्वमा सिटीले चौंथो पटक उपाधि जितेको हो ।
त्यस्तै गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको लिभरपुलले वुल्भ्समाथि ३–१ को जित निकाल्यो । यो जितसँगै लिभरपुलले ३८ खेलमा ९२ अंक जोड्डै दोस्रो स्थानमा यथावत रह्यो ।
एस्टन ४५ अंक जोडेर १४ औं स्थानमा रह्यो ।
Categorized in स्पाेर्ट्स