arin enterprises

कक्षा ११ को परीक्षा जेठको दोस्रो साताबाट हुने

SamacharDesk | २०७९ बैशाख ५, सोमबार

राष्ट्रिय परीक्षा बोर्डले हिजो सूचना प्रकाशन गर्दै कक्षा ११ को परीक्षा जेठको दोस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ ।

बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासंग नजुध्ने गरी परीक्षा सञ्चालन गर्न सबै विद्यालयहरुलाई निर्देशन दिएको हो । बोर्डले शैक्षिक सत्र २०७८ मा रजिष्ट्रेशन भई विभिन्न विद्यालयहरुमा कक्षा ११ मा अध्ध्यनरत विद्यार्थीहरुको  अनलाइन रजिष्ट्रेसन सम्बन्धी विवरण रुजु गर्ने कार्य भइरहेको जनाएको छ ।

यस्तै विद्यार्थीको रजिष्ट्रेसन नम्बरसहित कक्षा ११ को परीक्षामा प्रयोग गर्ने सिम्बोल नम्बर बोर्डका प्रदेश परीक्षा व्यवस्थापन शाखा कार्यालयमार्फत सम्बन्धित विद्यालयमा उपलब्ध गराइने जनाइएको छ । कक्षा ११ को परीक्षामा विद्यार्थीले बोर्डले प्रदान गरेको सिम्बोल नम्बर उल्लेख गरी परीक्ष दिनुपर्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ ।

Categorized in राष्ट्रिय