arin enterprises

सफा हिमाल अभियान—२०२४ सम्पन्न

SamacharDesk | २०८१ जेठ २४, बिहिबार

नेपाली सेनाको नेतृत्वमा गत चैत २९ गतेदेखि सुरु भएको सफा हिमाल अभियान—२०२४ सफतापूर्वक सम्पन्न भएको छ ।

सफा हिमाल अभियानको समापनको अवसरमा बुधबार गरिएको फ्ल्याग ईन कार्यक्रममा सगरमाथा, ल्होत्से र नुप्त्से हिमालबाट ११ टन फोहोर, ४ वटा शव र एउटा मानव अस्थिपञ्जर संकलन गरिएको जानकारी दिइयो ।

सो अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले प्रतिकुल मौसम तथा विषम परिस्थितिका बीच पनि लक्ष्य हासिल गरेको बताउनुभयो ।

प्रधान सेनापति शर्माले हिमालहरुलाई सफा राख्नका लागि सरकारले हिमालमा फोहोर नै गर्न नपाइने नीति ल्याउनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा प्रधानसेनापति शर्माले आभियानका नेतृत्वकर्ता आदित्य कार्कीलाई सगरमाथा आरोही व्याज प्रदान गर्नुभयो ।

Categorized in राष्ट्रिय