arin enterprises

जर्मनी क्लब बायर्न क्लब विश्वकपको फाइनलमा

SamacharDesk – स्पाेर्ट्स ब्यूराे | २०७७ माघ २७, मंगलबार

जर्मन फुटबल क्लब बायर्न म्यूनिख, क्लब विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

कतारको अल रायन फुटबल स्टेडिममा भएको सेमिफाइनल खेलमा इजिप्टको अल आहली फुटबल क्लबलाई हराउँदै बायर्न फाइनल पुगेको हो  ।

हिजो राति भएको खेलमा बायर्नले अल आहलीलाई २–० गोलले हराएको हो ।

बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । खेलको १७ औं मिनेटमा टिमलाई अग्रता दिलाएका लेवान्डोस्कीले ८५ औं मिनेटमा अर्को गोल थप्दै टिमलाई २–० को नतिजासहितको जित दिलाए ।

अब बायर्नले फाइनलमा मेक्सिकन फुटबल क्लब टेग्रिससँग उपाधीका लागि प्रतिस्पर्धा गर्नेछ । गत आइतबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा टिग्रेसले ब्राजिलियन क्लब पाल्मेरासलाई १–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

यी दुई टोलीबीचको उपाधी भिडन्त आउँदो विहिबार हुँदैछ ।

Categorized in स्पाेर्ट्स