arin enterprises

कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा

SamacharDesk | २०८१ आषाढ २८, बिहिबार

कोपा अमेरिका फुटबलमा उरुग्वेलाई १–० ले हराउँदै कोलम्बिया कोपा अमेरिका २०२४ को फाइलनमा प्रवेश गरेको छ ।

अमेरिकाको नर्थ क्यारोलिनामा रहेको बैंक अफ अमेरिका स्टेडियममा आज बिहान भएको खेलमा कोलम्बियाले उरुग्वेलाई हरायो ।

खेलको ३९औं मिनेटमा जेफर्सन लर्माले गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए । उनले जेम्स रोड्रिगुइजको पासमा गोल गरेका हुन् ।

उरुग्वेका खेलाडीलाई पाउल गरेपछि डानियल मुनोजले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाडेका थिए । प्रशिक्षक मार्सेलो सिइल्साले अनुभवी खेलाडी लुइस स्वारेजलाई ६७औं मिनेटमा मैदान पठाएका थिए ।

तर, डार्विन नुनेजसम्मिलित उरुग्वे गोल गर्न असफल भयो । जितसँगै कोलम्बियाले अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्त तय ग¥यो ।

हिजो भएको पहिलो सेमिफाइनल खेलमा क्यानाडालाई २–० ले हराउँदै अर्जेन्टिना फाइनलमा पुगेको हो । फाइनल खेल सोमबार बिहान प्mलोरिडाको मायामीमा हुनेछ ।

उरुग्वे र अर्जेन्टिनाले कोपा अमेरिकाको उपाधि समान १५ पटक जितेका छन् ।

Categorized in स्पाेर्ट्स