arin enterprises

काठमाडौं लगायत देशका विभिन्न भूभागमा चिसो बढ्यो

SamacharDesk | २०७९ पौष ७, बिहिबार

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले नेपालको मौसममा सामान्य प्रभाव पारेको छ ।

आज बिहीवार काठमाडौंसहित देशका पहाडी तथा तराईका भूभागमा हुस्सु, कुहिरोले ढाकेको छ । काठमाडौं उपत्यकाको आकाश बिहानैदेखि हुस्सुले ढाकेको छ ।

जसका कारण उडानहरु अवरुद्ध भएका छन् । उडानहरु अवरुद्ध बन्दा यात्रा गर्नेहरुलाई भने असहज भएको छ ।

हुस्सु र कुहिरोका कारण काठमाडौंमा पनि जाडो बढेको छ । अहिले प्रदेश १, वागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही तराईका थोरै भू–भागमा हुस्सु÷कुहिरो रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने आज राति प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहने विभागको अनुमान छ ।

आगामी २४ घण्टामा  तराईका केही भू–भागमा बिहानीपख हुस्सु÷कुहिरो लाग्ने  र देशका अधिकांश भू–भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेकाले विभागको आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

Categorized in राष्ट्रिय