arin enterprises

कलाकार मनोज गजुरेल आइसीयू भर्ना

SamacharDesk – बिकाश | २०७७ कार्तिक २१, शुक्रबार

कोभिड १९ संक्रमणले अवस्था गम्भीर भएपछि कलाकार मनोज गजुरेललाई आइसियूमा राखी उपचार शुरु गरिएको छ ।

गत बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना भएका गजुरेलको स्वास्थ्यमा समस्या देखिन थालेपछि आइसियूमा राखी उपचार शुरु गरिएको हो ।

यो भन्दा अघि, कार्तिक १० गते संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमै बसिरहेका थिए ।

सामाजिक संजालमा स्टाटस अपडेट गर्दै उनले आफुलाई संक्रमण पुष्टि भएको सार्वजनिक गर्दै आफुमा सामान्य लक्षण देखिएको र होम आइसोलेसनमा बसेको बताएको थिए ।

कार्तिक १० गते अपडेट भएको स्टाटसमा उनले गत ६ गते आफुलाई सामान्य टाउको दुखेको, ७ गते ९८ डिग्री ज्वरो आएको र ८ गते ढाड दुखेका महसूस भएको लेखेका थिए ।

सामाजिक संजालमार्फत उनले दाजुलाई अस्पताल ल्याउने लैजाने क्रममा आफूलाई कोरोना संक्रमण भएको शंका पोखेका थिए ।

नमस्कार भर्खरै प्राप्त रिपोर्ट अनुसार, मेरो शरीरमा कोभिड १९ 'पोजेटिभ' देखिएको छ । गतहप्ता दाजुलाई अस्पताल लाने/ल्याउने...

Posted by Manoj Gajurel on Monday, 26 October 2020

 

Categorized in पेजथ्री