arin enterprises

सुकुम्वासी समस्या सम्वन्धी छलफललाई तीव्रता दिँदै आयोग

SamacharDesk – बिराज | २०७९ मङ्सिर २३, शुक्रबार

भूमि आयोग काठमाडौं जिल्ला समितिले सुकुम्वासी समस्यालाई लिएर राजनीतिक दलया शिर्ष नेता तथा सरोकारवाला निकायका अधिकारीहरुसँग छलफललाई तीव्रता दिएको छ ।

यसै क्रममा आज आयोग काठमाडाैं समितिका अध्यक्ष श्यामकृष्ण प्रजापतिसहितको टोलीले नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहलाई भेटघाट गरी छलफल गरेको छ ।

भेटघाटको क्रममा सुकुम्वासी समस्या समाधानका सम्वन्धमा आयोगले गरेका कामहरु र भावी योजनाका बारेमा अध्यक्ष प्रजापतिले जानकारी गराएका थिए ।

यसै क्रममा नेता सिंहले सुकुम्वासी समस्याको समाधान र व्यवस्थापनको सवालमा आफु र आफ्नो पार्टीबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

छलफलका लागि आयोगका तर्फबाट अध्यक्ष प्रजापतिको साथमा आयोगका सदस्यद्व मोतिलाल लामा र सुशीला खतिवडाको सिंह निवास चाक्सीबारी पुगेका थिए ।

नेता सिंहसँग भेटभाट लगत्तै काठमाडौं महानगरपालिकाका प्रवक्ता साथै कामपा १७ वडाका अध्यक्ष नवीन मानन्धरसँगको पनि आयोग काठमाडौं समितिका अध्यक्ष प्रजापतिले भेटघाट गरेका थिए ।

प्रजापतिले प्रवक्ता मानन्धरलाई सुकुम्वासी समस्या समाधानमा आयोगसँग समन्वय र सहकार्य गदै सहयोग गर्न आग्रह गरेका थिए ।

पछिल्लो समय आयोगले सुकुम्वासी समस्यालाई शान्तिपूर्ण र व्यवस्थित ढङ्गबाट दीर्घकालीन रुपमा समाधान गर्न भन्दै विभिन्न तहमा भेटघाट र छलफललाई तीव्रता दिएको छ ।

यसै क्रममा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठसँग पनि छलफलका समय मिलाइसकेको अध्यक्ष प्रजापतिले जानकारी गराए ।

यसैगरी अधिकार सम्पन्न वागमती सभ्यताका एकिकृत विकास योजनाका अध्यक्ष उद्धव तिमिल्सिना, उपाध्यक्ष साथै योजना प्रमुख बीरेन्द्र थपलिया, सदस्य माला खरेलसँग पनि घेटघाट गरी आवश्यक समन्वय गरी अघि बढ्ने विषयमा छलफल भएको थियो ।

छलफलको क्रममा आयोग काठमाडौं समितिका विज्ञ सदस्य योगेश पौडेल, काठमाडौं जिल्ला नापी अधिकृत साथै आयोग काठमाडौं समितिका सदस्य सचिव शिव लमसालसमेतको उपस्थिती रहेको थियो ।

Categorized in राष्ट्रिय