कांग्रेस स्थानीय चुनावमा एक्लै नभिड्ने
SamacharDesk | २०७८ चैत्र १५, मंगलबार

आसन्न स्थानीय तहको चुनावमा सत्तारुद्ध दल नेपाली कांग्रेस एक्लै चुनावमा नहोमिने भएको छ । कांग्रेसको आज बसेको बैठकले सत्तारुढ पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले गठबन्धन गर्ने निर्णय गरेको छ ।
पार्टी कार्यालय सानेपामा ४ दिन बसेको केन्द्रीय समितिको बैठकले स्थानीय अवस्था र आवश्यकताका आधारमा सत्तागठबन्धनका दलसंग चुनावी तालमेल गर्ने निर्णय गरेको हो । आगामी निर्वाचनमा चुनावी तालमेल गर्ने विषयमा कांग्रेसभित्र चर्को विवाद थियो । पार्टी सभापति शेरवहादुर देउवा गठबन्धनको पक्षमा अडान राख्दै आउनुभएको थियो भने पार्टीभित्रको संस्थापन इतर पक्ष गठबन्धनको विपक्षमा रहेको थियो ।
चारदिनसम्म केन्द्रीय समिति बैठकमा भएको बहसपछि अन्नतःगठबन्धन सरकारको नेतृत्व समेत गरिरहेको दल नेपाली कांग्रेसले अन्ततःचुनावी तालेमलको पक्षमा निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ गठबन्धनसंग चुनावी तालमेल गरेर जाने बैठकले सर्वसम्मत निर्णय लिएको जानकारी दिनुभयो ।
Categorized in राजनीति