निर्माण सामग्री अलपत्र छाडे कारबाही
SamacharDesk | २०८१ बैशाख ४, मंगलबार

काठमाडौ महानगरपालिकाले सार्वजनिक स्थानमा जथाभावी निर्माण सामग्री छोड्नेलाई कारबाही गर्ने जनाएको छ ।
निर्माणको काम सकेपछि पूर्ववत अवस्थामा नछाड्ने तथा निर्माण सामग्री अलपत्र छाड्नाले आवागमन, सहरी सौन्दर्य र विकास व्यवस्थापनमा समस्या भएपछि महानगरले कारबाहीको कठोर निर्णय लिएको महानगरका उपप्रमुख सुनिता डङ्गोलले बताउनुभयो ।
यो नियम बुधबारदेखि लागू हुने महानगरले जनाएको छ । सडक, फुटपाथ तथा सार्वजनिक स्थानमा बिभिन्न प्रकृतिको निर्माणकार्य सुरु गर्नुअघि निर्माण गर्ने व्यक्ति, निजी क्षेत्र, संघसंस्था र जुनसुकै निकायले महानगरबाट स्वीकृति लिनुपर्ने नियम पनि लागू गरेको छ ।
महानगरले जारी गरेको सूचना अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा वातावरण संरक्षण ऐन, २०७६ तथा निर्माणसम्बद्ध कानुन र मापदण्डबमोजिम कारबाही हुने महानगर जनाएको छ ।
Categorized in स्थानीय