arin enterprises

विश्व जलवायु सम्मेलन कोप—२९ सम्पन्न

SamacharDesk | २०८१ मङ्सिर ९, आइतबार

विश्व जलवायु सम्मेलन कोप—२९ जलवायु वित्तको विषयमा महत्वपूर्ण सम्झौता भई सम्पन्न भएको छ ।

जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा जलवायु वित्तको नयाँ लक्ष्यमा धनी देशहरुबाट प्रतिवर्ष ३ सय बिलियन अमेरिकी डलर खर्च गर्ने प्रतिबद्धता जनाएको छ ।

उक्त रकम विकासशील राष्ट्रहरुलाई धनी देशहरुले जलवायु अनुकूलन र न्यूनीकरण तथा हानि नोक्सानीको क्षतिपूर्तिको क्षेत्रमा परिचालन गरिनेछ ।

अल्पविकसित, विकासशील, समुद्री टापु भएका देशहरुको समूह लगायतले प्रतिवर्ष १ दशमलव ३ ट्रिलिएन अमेरिकी डलर जलवायु प्रभावित अति कम विकसित लगायत मुलुकमा जलवायु कार्यकमा लगानी गर्नुपर्ने माग गर्दै आएका थिए ।

३ बर्ष लगाएर युएनएफसिसिले तयार गरेको जलवायु जलवायु वित्तमा नयाँ सामूहिक परिमाणित लक्ष्य (एनसिक्युजी)को मस्यौदा झन्डै दर्जन पटक संशोधन भएको थियो । नोभेम्बर ११ देखि अरजरबैजानको बाकुमा चलेको सम्मेलनमा दुई सय राष्ट्रका प्रतिनिधी सहभागी भएको थियो ।

उक्त सम्मेलनमा ‘क्लाइमेट फाइनान्स’ र ‘कार्बन क्रेडिट’ का विषय छलफल झण्डै तोडिएको अवस्थामा अन्तिम समयमा सहमति जुटेको हो ।

सम्मेलनमा गरिब राष्ट्रहरुले १ दशमलव ३ ट्रिलिएन माग गरेकोमा सम्मेलनले सन् २०३५ सम्म गरीब राष्ट्रहरुलाई प्रत्येक बर्ष ३ सय बिलियन अमेरिकी डलर दिने सम्झौता गरेको हो । जलवायुसम्बन्धी एउटा नयाँ प्रतिवेदनले विश्वले योजनाभन्दा धेरै चाँडो कार्बन तटस्थतामा पुग्नुपर्ने चेतावनी दिएको छ ।

सम्मेलनमा ग्लोबल कार्बन प्रोजेक्टका वैज्ञानिकहरूको अन्तर्राष्ट्रिय सञ्जालको प्रारम्भिक अनुसन्धानका अनुसार तेल, ग्यास र कोइलाबाट हुने कार्बनडाइ अक्साइड उत्सर्जनले यो वर्ष किर्तीमानी उचाइ छोएको जानकारी गराइएको थियो ।

Categorized in अन्तर्राष्ट्रिय