arin enterprises

कोरोना संक्रमणबाट २ जनाको मृत्यु

SamacharDesk | २०८० बैशाख ५, मंगलबार

केही दिनदेखि कोरोना संक्रमणमा वृद्धि भएसँगै मृत्युदर पनि बढ्न थालेको छ ।

पछिल्ला २४ घण्टामा कोरोनाका १ सय ७१ जना संक्रमित थपिंदा आज एकै दिन २ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार यस अवधिमा पीसीआर र एन्टिजेन गरी २ हजार २ सय ९२ जनाको परीक्षणमा १ सय ७१ मा संक्रमण पुष्टि भएको हो ।

यसदिन ८५ जना सक्रमणमुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या ३९७ पुगेको ।

यस्तै, हाल संस्थागत आइशोलेशनमा २२ जना रहँदा ८ जनाको आईसीयू र ४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

हाल कोरोना निको हुने दर ९८ दशमबल ७ प्रतिशत रहँदा मृत्युदर १ दशलमब २ प्रतिशत रहेको छ ।

Categorized in राष्ट्रिय