arin enterprises

उपत्यकामै ५१ नयाँ संक्रमित थपिए

SamacharDesk – बिकाश | २०७७ श्रावण १९, सोमबार

पछिल्लो २४ घन्टामा देशका २७ वटा कोभिड प्रयोगशालामा गरिएको ७ हजार ६ सय ३७ वटा नमूनाको परिक्षणमा ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो नमूना परिक्षणमा पनि काठमाडौं उपत्यकामा संक्रमित थपिने क्रम जारी नै रह्यो भने हटस्पट बन्दै गएको पर्सामा पनि ठुलै संख्यामा संक्रमित भेटिएका छन् ।

देशका ३० वटा जिल्लाबाट नयाँ संक्रमित थपिएकोमा सबैभन्दा बढि पर्सामा ७१ जना रहेका छन् ।

त्यसैगरी कैलालीमा ६७ जना, सप्तरीमा ५१ जना, मोरङमा ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा ४३ जना नयाँ संक्रमित भेटिएका छन् ।

महोत्तरीमा ३१ जना संक्रमित भेटिँदा धनुषामा ३०, कन्चनपुरमा १६ जनामा कोरोना पोजेटिभ देखिएका छन् ।

कास्की र बाँकेमा ८/८ जनामा संक्रमण देखिँदा सुनसरी, झापा र भक्तपुरमा ५/५ जना संक्रमित थपिएका छन् ।

बारा र अछाममा ४/४ जना, सिराहा र ललितपुरमा ३/३ जना, सर्लाही, रौतहट, सुर्खेत, दैलेख र रुकुमपश्चिममा २/२ जनामा कोरोना संक्रमण देखिएको छ ।

रसुवा, चितवन, गुल्मी, दोलखा, स्याङ्जा, रुपन्देही, दाङ र बर्दियामा एक/एक जना नयाँ संक्रमित थप भएका छन् ।

Categorized in राष्ट्रिय