arin enterprises

काठमाडौं उपत्यकाभित्रै ८७ जनामा संक्रमण

SamacharDesk – बिकाश | २०७७ श्रावण २२, बिहिबार

आज देशभरका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको ६ हजार ६ सय २२ वटा नमूना परिक्षण गरिएकोमा ३ सय ६० जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

आज पनि काठमाडौं उपत्यकाभित्र ठुलै संख्यामा नयाँ संक्रमितहरु थपिएका छन् ।

देशभरका ४१ वटा जिल्लामा नयाँ संक्रमित भेटिएकोमा सबैभन्दा बढि काठमाडौंमै रहेको छ । काठमाडौंमा आज ७६ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी पर्सामा ४२ जना, कपिलवस्तुमा ३२, मोरङ र धनुषामा २४/२४ जना, कैलालीमा २१ जना नयाँ संक्रमित भेटिएका छन् ।

सुनसरीमा १९ जना, इलाममा १५, बारामा १४ र ललितपुरमा १० जना संक्रमित देखिएका छन् ।

सर्लाहीमा ९, झापामा ८, अछाममा ७, गोरखामा ६, प्यूठानमा ५, मकवानपुरमा ४/४ जना नयाँ संक्रमित थपिएका छन् ।

महोत्तरी, बाजुरा, काभ्रेपलान्चोक, दाङ र बझाङमा ३/३ जनामा संक्रमण देखिँदा सिराहा, रौतहट, भोजपुर, कन्चनपुर र डोटीमा २/२ जनामा संक्रमण भेतिएको छ ।

दोलखा, चितवन, नुवाकोट, रामेछाप, गुल्मी, उदयपुर, कास्की, पर्वत, दैलेख, सुर्खेत, जुम्ला, मुगु, वैतडी र भक्तपुरमा एक/एक जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Categorized in राष्ट्रिय