काठमाडौंका २ सहित ४ जना संक्रमितको मृत्यु
SamacharDesk – बिकाश | २०७७ श्रावण २६, सोमबार

पछिल्लो समय नेपालमा कोरोना संक्रमणका कारण दिनहुँ नै मृत्यु हुन थालेको छ । यहि क्रममा आज पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले ४ जनाको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले बाँके र पर्साका एक÷एक जना र काठमाडौं जिल्लाका दुई जनाको मृत्यु भएको जानकारी दिनुभयो ।
बाँके जिल्ला कोहलपुर २ की एक ७० वर्षीया महिलाको नेपालगंज मेडिलक कलेज कोहलपुरमा मृत्यु भएको छ ।
स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि गत २३ गते अस्पताल भर्ना भएकि उनको हिजो दिउँसो ३ः१० मा निधन निधन भएको हो ।
मृतक महिला उच्च रक्तचापको समेत विरामी रहेको बताइएको छ ।
त्यसैगरी पर्साका एक ४५ वर्षीया महिलाको पनि हिजै निधन भएको छ ।
नारायणी कोभिड अस्थायी अस्पतालमा उपचारको क्रममा २५ गते विहान ४ बजे उनको निधन भएको हो ।
आज काठमाडौं जिल्लामा दुई जना संक्रमितको मृत्यु भएको छ ।
काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका १० बानेश्वर निवासी एक ७६ वर्षीय पुरुषको आज मृत्यु भएको छ ।
मेडिकेयर अस्पतालमा आज विहान १०ः१५ बजे उपचारको क्रममा उनको निधन भएको हो ।
काठमाडौं जिल्ला किर्तिपुर नगरपालिका ट्याङ्ग्लाफाँट बस्ने ६४ वर्षीय एक पुरुषको पनि आजै विहान ५ः४२ बजे निधन भएको छ ।
आज थप ४ जनाको मृत्युसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७९ पुगेको छ ।
Categorized in समाज