arin enterprises

आज उपत्यकामा ४४ जनामा संक्रमण पुष्टि

SamacharDesk – बिकाश | २०७७ श्रावण २६, सोमबार

देशभरका विभिन्न कोभिड प्रयोगशालाहरुमा गरिएको परिक्षणमा पछिल्लो पटक ३९ जिल्लाबाट ३ सय ३८ जनामा कोरोना भाईरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ ।

आज पनि काठमाडौं उपत्यकाबाट ४४ जना नयाँ संक्रमित भेटिएका छन् ।

३९ मध्ये सबैभन्दा बढि बाँकेमा ६३ जना संक्रमित भेटिएका छन् भने काठमाडौंमा ३६ जनामा संक्रमण देखिएको छ ।

रौतहटमा ३१, मकवानपुरमा २३, पर्सामा २२, सर्लाहीमा २१, दैलेखमा १७, मोरङ र प्यूठानमा १५/१५, धनुषामा १३ र कपिलवस्तुमा ११ जना संक्रमित भेटिएका छन् ।

त्यसैगरी कैलाली र सल्यानमा ७÷७, सिन्धुलीमा ६, दाङमा ५ र ललितपुर, भक्तपुर र नुवाकोटमा ४/४ जनामा संक्रमण देखिएको छ ।

महोत्तरी, बारा र गोरखामा ३/३ जना, खोटाङ, बर्दिया, तनहुँ, र नवलपरासी पूर्वमा २/२ जना नयाँ संक्रमित थपिएका छन् ।

सिन्धुपाल्चोक, अछाम, अर्घाखाँची, बागलुङ, चितवन, पाल्पा, रामेछाप, स्याङ्जा, रुपन्देही, रोल्पा, सुर्खेत, वैतडी, झापा र बझाङमा एक/एक जना कोरोना पोजेटिभ देखिएका छन् ।

Categorized in राष्ट्रिय