३ जना मृतक थप, मृतक संख्या सय नाघ्यो
SamacharDesk – बिकाश | २०७७ श्रावण ३१, शनिबार

नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेमा थप ३ जना थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ ।
मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कपिलवस्तु, धनुषा र पर्साका एक÷एक जना कोरोना संक्रमित पुरुषहरुको मृत्यु भएको जानकारी दिनुभयो ।
कपिलवस्तु जिल्ला मायादेवी गाउँपालिका ७ निवासी ४० वर्षीय पुरुषको आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको छ ।
आइसीयूमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
त्यसैगरी गत २९ गते मृत्यु हुने धनुषा जिल्लाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।
धनुषा जिल्ला जनकनन्दनी गाउँपालिका ४ निवासी पुरुषमा श्वासप्रश्वासमा समस्या देखिएपछि प्रादेशिक अस्पताल जनकपुरधाम लगिएको थियो भने त्यहाँबाट उनलाई काठमाडौं रिफर गरिएको थियो ।
काठमाडौं ल्याउँदै गर्दा उनको बाटैमा मृत्यु भएको थियो ।
त्यसैगरी हिजो पर्साका ६० वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।
पर्सा जिल्ला वीरगंज महानगरपालिका १२ का पुरुषको हिजो बेलुकी ७ बजे उपचारको क्रममा नारायणी कोभिड अस्थायी अस्पताल गण्डकमा निधन भएको हो ।
उनी उच्च रक्तचाप, मधुमेह र प्यारालाइसिसबाट पिडित रहेको बताइएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या सय नाघेको छ । थप ३ जनाको मृत्यु सँगै मृतक संख्या एक सय २ पुगेको छ ।
Categorized in समाज