काठमाडौं उपत्यकामा ४ सय ८ संक्रमितमध्ये काठमाडौंमा ३२६
SamacharDesk – बिकाश | २०७७ भाद्र २०, शनिबार

पछिल्लो परिक्षणमा देशभरीका ५१ जिल्लाबाट एक हजार ४१ जना नयाँ संक्रमित भेटिएकोमा काठमाडौं उपत्यकाबाट ४०८ जना रहेका छन् ।
तीमध्ये काठमाडौंमा ३ सय २६ जना छन् भने भक्तपुरबाट ४५ र ललितपुरबाट ३७ जना रहेका छन् ।
रुकुमपूर्वमा ७१, बाँकेमा ६२, चितवनमा ४५, सिराहामा ४१, दाङमा ३९, मोरङ र मकवानपुरमा ३५/३५, महोत्तरीमा २६, कास्कीमा २३, लमजुङमा २२, सुनसरी र सप्तरीमा २०/२० जना संक्रमित भेटिएका छन् ।
सर्लाही र गोरखामा १७/१७, बझाङमा १६, बारा र नवलपरासी पश्चिममा १३/१३, पर्सा र धादिङमा १०/१०, झापा, धनुषा र बर्दियामा ७/७, काभ्रेपलान्चोक, दोलखा, बागलुङ र गुल्मीमा ६/६, रामेछाप, नवलपरासी पूर्व र कन्चनपुरमा ५/५ र कैलालीमा ४ जनामा संक्रमण देखिएको छ ।
उदयपुर, तनहुँ, स्याङ्जा, पाल्पा, जाजरकोट र दैलेखमा ३/३, ओखलढुङ्गा, सिन्धुली, सल्यान र डोटीमा २/२ र नुवाकोट, पर्वत, अर्घाखाँची, कपिलवस्तु, प्यूठान, रोल्पा, डडेलधुरा र इलाममा एक/एक जना कोरोना पोजेटिभ पाइएको छन् ।
प्रदेशहरुमा वागमती प्रदेशमा ५ सय १८, प्रदेश ५ मा २ सय ५, प्रदेश २ मा एक सय ३४, गण्डकी प्रदेशमा ८०, प्रदेश एकमा ६८, सुदुरपश्चिम प्रदेशमा २८ र कर्णाली प्रदेशमा ८ जना संक्रमित थप भएका छन् ।
Categorized in राष्ट्रिय