arin enterprises

कोरोनाका कारण थप १४ जनाको मृत्यु

SamacharDesk – बिकाश | २०७७ भाद्र २७, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) का कारण थप १४ जनाको निधन भएको छ ।

पछिल्लो पटक ३ जना महिला र ११ पुरुषको कोरोना संक्रमणका कारण ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंकी ७६ वर्षकी महिलाको साथमा ५१ र ५४ वर्षीय पुरुषहरु दुई जनाको मृत्यु भएको छ भने भक्तपुरका ७२ र ३८ वर्षका पुरुषहरु दुई जनाको पनि कोरोना संक्रमणकै कारण ज्यान गएको छ ।

रुपन्देहीका ६० र ४० वर्षीय पुरुषहरु दुई जनाको पनि मृत्यु भएको छ ।

त्यसैगरी पर्साकी ७८ वर्षीया महिला र तनहुँकी ७६ वर्षीया महिलाले कोरोनाकै कारण ज्यान गुमाएकि छिन् ।

त्यस्तै सुनसरीका ४२ वर्षका, चितवनका ६१ वर्षीय, स्याङ्जाका ८५ वर्षीय, गोरखाका ४५ वर्षका र कास्कीका ५१ वर्षीय पुरुषको कोभिडकै ज्यान गएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ३ सय ३६ पुगेको छ ।

Categorized in समाज