arin enterprises

थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु, ४ जना काठमाडौं उपत्यकाबाट

SamacharDesk – बिकाश | २०७७ आश्विन २, शुक्रबार

नेपालमा पछिल्लो २४ घन्टामा कोरोनाभाईरस (कोभिड १९) का कारण थप ७ जनाको मृत्यु भएको छ ।

तीमध्ये २ जना महिला रहेका छन् भने पाँच जना पुरुष छन् ।

मृत्यु हुने ७ जनामध्ये ४ जना काठमाडौं उपत्यकाबाट रहेका छन् ।

काठमाडौंमा ८५ वर्षीया महिलाको साथमा ८८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ भने भक्तपुरमा ८२ वर्षीय पुरुष र ललितपुरमा ६६ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाटै मृत्यु भएको छ ।

मोरङमा ६६ वर्षका पुरुषहरु २ जनाको साथमा नवलपरासीमा ३१ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ सय ९० पुगेको छ ।

Categorized in समाज