कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ सय नजिक
SamacharDesk – बिकाश | २०७७ आश्विन १३, मंगलबार

नेपालमा कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा थप १० जनाको ज्यान गएको छ ।
पछिल्लो पटक ३ जना महिला र ७ जना पुरुषको कोरोना संक्रमणका कारण निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौंमा एक महिलासहित ३ जनाको मृत्यु भएको छ । काठमाडौंकी ५७ वर्षीया महिलाको साथमा ६० वर्षका र ७० वर्षका पुरुषहरु २ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
त्यस्तै बाँकेमा पनि ७६ वर्षीया महिलाको साथमा ३९ र ५३ वर्षीय पुरुषहरु २ जना गरी ३ जनाको कोरोनाकै कारण निधन भएको छ ।
त्यसैगरी सर्लाहीकी ७२ वर्षीया महिला अनि मोरङका ६८ वर्षीय, महोत्तरीका ५८ वर्षीय र चितवनका ५५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ सय ९१ पुगेको छ ।
Categorized in समाज