arin enterprises

कोरोना संक्रमणबाट मृत्यु हुने ५ सय नाघ्यो

SamacharDesk – बिकाश | २०७७ आश्विन १५, बिहिबार

नेपालमा थप ११ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा एक जना महिला र १० जना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बाँकेकी ३४ वर्षीया महिलाको कोरोना संक्रमणकै कारणले मृत्यु भएको छ ।

त्यस्तै काठमाडौं उपत्यकामा ४ जना पुरुषको मृत्यु भएको छ । काठमाडौंमा ७८ र ६८ वर्षका पुरुषहरु दुई जनाको कोरोनाबाट मृत्यु भएको छ भने भक्तपुरका ६८ वर्षीय पुरुष र ललितपुरका ४८ वर्षीय पुरुषको पनि मृत्यु भएको छ ।

त्यसैगरी सुनसरीमा ५६, ५० र २७ वर्षीय पुरुषहरु ३ जनाको साथमा रुपन्देहीमा ८० वर्षीय, ५५ वर्षीय, ४२ वर्षीय पुरुषहरु ३ जनाको पनि कोरोना संक्रमणबाट निधन भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ सय नाघेको छ । कोरोना संक्रमणका कारण  मृत्यु हुनेको संख्या ५ सय ९ पुगेको छ ।

Categorized in समाज