कोरोना संक्रमणबाट थप ८ जनाको निधन
SamacharDesk – बिकाश | २०७७ आश्विन १७, शनिबार

नेपालमा कोरोना संक्रमणका कारण थप ८ जनाको निधन भएको छ ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमित २ जना महिला र ६ जनाको पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मृत्यु हुने ८ जनामध्ये काठमाडौं उपत्यकाबाट ३ जना पुरुष रहेका छन् । ललितपुरमा ६७ वर्षीय पुरुषको साथमा काठमाडौंका ६८ र ८३ वर्षका पुरुषहरु दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुने २ जना महिलाहरु सुनसरी र चितवनबाट रहेका छन् । सुनसरीकी २८ वर्षीया महिला र चितवनकी ७६ वर्षीय महिलाको मृत्यु भएको हो ।
त्यस्तै सिन्धुपाल्चोकका ४१ वर्षका पुरुष, दोलखाका ६५ वर्षीय पुरुष, र कैलालीका ७९ वर्षीय पुरुषको पनि कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५ सय २८ पुगेको छ ।
Categorized in समाज